दार्चुला । सशस्त्र प्रहरी बल, नेपाल नं। ७ वैद्यनाथ बाहिनी मुख्यालयले सुदूरपश्चिमका ८ क्षेत्रमा विपद् उद्दार बेस स्थापना गरिएको छ ।

आसन्न मनसुनलाई मध्यनजर गरी सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि थप विपद् सुरक्षा बेस एवं मनसुन प्रतिकार्य टोलीहरू परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं। ७ वैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले बताउनुभयो ।

सशस्त्र प्रहरी बल, नेपालको नियमित परिचालनका अलावा विपद् उद्दारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेसहरू स्थापना गरिएको समेत निमित्त बाहिनीपति सुवेदीले बताउनुभयो ।

कैलालीको धनगढी उपमहानगरपालिका र चुरे गाउँपालिका–५, खानीडाँडा गरी २ स्थान, कञ्चनपुरको बेलौरी, डोटीको जोरायल गाउँपालिका–२ बुडर, अछामको साफेबगर नगरपालिका–१३ बुढाबगर, टाँसी, बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाच र बैतडीको सदरमुकाममा गरी कुल ८ स्थानमा विपद् व्यवस्थापन बेसहरू स्थापना गरेको मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिम प्रदेशमा ११ जना गोताखोर र २७५ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई समेत विपद् उद्दारको कार्यमा प्रभावकारी परिचालनका लागि समानुपातिक रूपमा सबै जिल्लाहरूमा तैनाथ गरिएको जनाएको छ ।

हालै मात्र भएका पानीजन्य विपद् उद्धारका लागि नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयले दार्चुला, बझाङ, अछाम, डोटी र कञ्चनपुर जिल्लामा गोताखोर परिचालन गरी मृत शवहरू फेला पारेको थियो ।

सशस्त्र प्रहरी बल, नेपालले स्थानीय सरकारसँगको समन्वयमा समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रत्येक वडा तहसम्म सशस्त्र प्रहरी बलले विपद् सूचना प्राप्तिमा सहज होस् भन्ने हेतुले विपद् सूचक समूह समेत स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालले विपद् सम्बन्धी उद्दारका लागि अनुरोध गर्न सर्वसाधारणका लागि १११४ टोल–फ्री नम्बर प्रयोगमा पनि ल्याएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?