दार्चुला । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
भोलि पनि यसैगरी पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाले यो हप्ता बिहीबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ । आज बेलुका र भोलि बिहान कतै कतै हावाहुरी चल्ने सम्भावना छ ।




