दार्चुला । सरकारले आज नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

त्यसअघि दिउँसो २ बजे राष्ट्रियसभा र प्रतिनिधिसभाका छुट्टाछुट्टै बैठक बस्नेछ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ (आज) राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो ।

विगतमा पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?