दार्चुला । नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार हवाइ यात्राको भाडा घटाएको हो।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।

यसैगरी काठमाडौं–धनगढीको ४४५, काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–विराटनगरको २४०, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाडौं–भैरहवाको २१० र काठमाडौं–सुर्खेतको भाडा ३४५ ले घटेको छ।

मंगलबार नेपाल आयल निगमले हवाइ इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?