दार्चुला । उज्बेकिस्तानको राजधानी तास्कन्दमा तीन दिनसम्म लिफ्टमा फसेकी एक महिलाको मृत्यु भएको छ ।

३२ वर्षीया महिलाले तीन दिनसम्म लिफ्ट भित्रैबाट सहयोगको याचना गरिरहेकी थिइन् । उनलाई बचाउन कोही नआएपछि अन्ततः उनको लिफ्टभित्रै मृत्यु भएको हो ।

ओल्गा लियोन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन् । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो । यस क्रममा लिओन्टिभा लिफ्टमा एक्लै थिइन् ।

रिपोर्टका अनुसार ३२ वर्षीया ओल्गा लियोन्टेभा तीन सन्तानकी आमा हुन र उनी डिलिवरी चालकको रूपमा काम गर्थिन् । दैनिकजस्तै घटनाको दिन पनि उनी काममा गएकी थिइन् तर राति अबेरसम्म घर नफर्केपछि उनका आफन्तले साउन २४ गते प्रहरीमा हराएको उजुरी दिएका थिए । त्यसपछि बेपत्ता महिलाको खोजी सुरु भयो । अनुसन्धानपछि प्रहरीले समान पुरयाउन गएकी महिलाको लिफ्टमा शव फेला पारेको थियो ।

यस विषयमा अधिकारीहरुले अनुसन्धान थालेका छन् । एजेन्सी

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?