छात्रवृत्तिमा वैदेशिक अध्ययन गर्न इच्छुक निजामती कर्मचारीका लागि आवेदन माग

दार्चुला । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

शाखाको अनुसार इच्छुक निजामती कर्मचारीले सूचनामा उल्लेख भएको विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण सहित १० कात्तिकभित्र निवेदन पेस गर्नुपर्नेछ ।

शाखाले सङ्घीय मामिला तथा सामान्य प्रशासन शाखाको जनशक्ति योजना तथा विकास शाखाले खुल्ला गरेको जापान र अमेरिकाको विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि तह अध्ययनका लागि आवेदन पेश गर्न सूचित गरेको हो ।

शाखाको अनुसार निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र उक्त पत्रमा उल्लेख भएका आधारहरु पूरा भएका मन्त्रालय र मन्त्रालयअन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?