दशैँको दिन बैतडीमा एक जना मृत फेला

दार्चुला । बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मंगलबार मृत भेट्टिएका छन्। चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका वडा नम्बर ५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन्।

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एबं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो। चन्दको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । बैतडीमा सोमबार पनि एक जनाको भिरबाट लडेर ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?