दार्चुला । जिल्लाको पाटनमा आइतबारदेखि तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) शुरू भएको छ। पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिताको औपचारिक उद्घाटन सहित हिजो दुई खेल सम्पन्न भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द स्मृति प्रतिष्ठान विजयी भएको छ। उसले ग्वाल्लेक क्रिकेट क्लबलाई ८२ रनले हराएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । ५८ रनको अर्धशतकीय पारी खेल्ने प्रतिष्ठानका तिरुवा म्यान आफ द म्याच चुनिएका छन् ।
यसैगरी दोस्रो खेलमा मेलौली नगरपालिकालाई १२१ रनले स्तब्ध पार्दै टिम क्वालीटी कैलपालले सुखद शुरुआत गर्यो। शतकीय पारी खेलेका कैलपालका चन्द म्यान आफ द म्याच चुनिए।
प्रतियोगिताको दोस्रो दिन सोमबार तीन खेल हुनेछ। पहिलो खेलमा टिम क्वालीटी कैलपाल र दशरथचन्द प्रतिष्ठान दोस्रोमा भुमेश्वर युवा क्लब र सहस्रलिङ्ग क्रिकेट क्लब र तेस्रोमा मेलौली नगरपालिका र ग्वाल्लेक क्रिकेट क्लब आमनेसामने हुनेछन् ।
१७ टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र द्वितीय हुने टिमले ५५ हजार ५५५ रुपैया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया