मालिकार्जुन-५ ले गर्यो खेलाडी हेमन्तलाई एक लाख र हिमानीलाई ५० हजार हस्तान्तरण

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ ले साउन २५ गते मालिकार्जुन गाउँपालिका–५ डाडाकोटमा जन्मिनु भएका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन वटा कांस्य पदक पाएकोमा प्रोत्साहनस्वरुप एक लाख र र १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रिय स्तरमा द्धितीय स्थान हासिल गर्न सफल मालिकार्जुन ५ कै हिमानी बोहरालाई ५० हजार रुपैयाँ पुरुस्कार प्रदान गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार कार्तिक १५ गते बुधबार (आज) मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मदन चन्दले जिल्ला सदरमुकाम खंलगामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो रकम हस्तान्तरण गर्नुभएको छ।

पुख्यौली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ डाडाकोट भएका हेमन्त पाल स्बयमलाई एक लाखको चेक हस्तान्तरण गरीएको छ भने हिमानी बोहरा कार्यव्यस्तताले काठमाण्डौंमा रहेकाले उनका बुबा बिरेन्द्र सिंह बोहरालाई ५० हजारको चेक हस्तानान्तरण गरिएको जिल्ला खेलकूद बिकास समिति दार्चुलाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?