दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा सम्पन्न खुल्ला क्रिकेट प्रतियोगिताको उपाधी आयोजक टिम लालीले हात पारेको छ । यहि कात्तिक १८ गतेदेखि सुरु भएको क्रिकेट प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको हो ।
फाइनलमा उकुलाई हराउदै लालीले उपाधी जित्न सफल भएको लेकम गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुरेशसिंह थापाले जानकारी दिनुभयो । पाँच टिमको सहभागिता रहेको क्रिकेटमा लाली प्रथम हुँदा उकुले द्धितिय स्थानमा चित्त बुझाएको छ । प्रथम स्थान प्राप्त गर्न सफल लालीलाई नगद ४५ हजारसहित मेडल प्रमाणपत्र र द्धितिय टिम उकुलाई नगद २० हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएको वडाअध्यक्ष थापाले बताउनुभयो ।
समापन समारोहमा वडाअध्यक्ष, वडासदस्य लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय खेलप्रेमी खेलाडी लगायतको सहभागिता रहेको वडासदस्य हरिदत्त जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया