दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको सल्लेधार मावि मुरैको नवनिर्मित भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष जमनसिंह धामी, उपाध्यक्ष सर्मिला सिंह, वडाअध्यक्ष सुरेन्द्र महता लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा एक औपचारिक कार्यक्रमका विच भवन उद्घाटन गरिएको हो ।
जगदम्बा निर्माण सेवाले निर्माण गरेको सल्लेधार मावि मुरैको १६ कोठे विद्यालय भवन उद्घाटन भएसंगै पठनपाठनमा सहज हुने भएको छ ।
सोमबार (आज) भव्य कार्यक्रमका बिच विद्यालय भवन उद्घाटन गरिएको र निर्माण व्यवसायीलाई भवन निर्माण गरेर हस्तान्तरण गरेकोमा सम्मान गरिएको वडाअध्यक्ष सुरेन्द्र महताले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया