दार्चुला । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।
ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् ।
ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजमा पहिलो जित हात पार्यो।
भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा पूरा गर्यो।
नेपालका लगि कप्तान बिनिताले नटआउट ७८ रन र मनकेशी चौधरीले ७५ रन जोडे। पुनले ६० बलमा ७ चौका र चौधरीले ५७ बलमा ५ चौका प्रहार गरे।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा १७१ रन जोड्यो। भारतका लागि सिमु दासले ८४ रन जोडिन्।
नेपालले भारतका चारै ब्याटरलाई रनआउट गरेको थियो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया