दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा अहिले पालिकाभरी रहेका विद्यालयहरुको अनुगमन तथा अन्तरक्रिया भइरहेको छ । पालिकाभरी संञ्चालनमा रहेका अर्धबार्षिक परीक्षा अनुगमन तथा विद्यालयमा शैक्षिक अन्तरक्रिया भइरहेको अपिहिमाल गाउँपालिका शिक्षा शाखा संयोजक विरेन्द्र सिह साउदले जानकारी दिनुभयो ।
विद्यालयस्तरमा सञ्चालन भइरहेका परीक्षाहरुको अनुगमन संगै विद्यालयहरुमा लागु भएको दिवाखाजा लगायत सरसफाईको अवस्थालाई समेत मध्यजनर गरी अनुगमन तथा अन्तरक्रिया भइरहेको उहाँले बताउनुभयो । गएको शुक्रबार अपिहिमाल गाउँपालिका वडा ५ र ६ मा अवस्थित विद्यालयहरु चौलानी आधारभूत विद्यालय तल्लोफेर र भूमिराज आधारभूत विद्यालय चौकिबगरको अनुगमन तथा अन्तरक्रिया गरेको टोलीले आइतबार आज वडा नम्बर ४ स्थित तामाखानी भगवती आधारभूत विद्यालय चौबिसन विद्यालयमा अनुगमन तथा अन्तरक्रिया गरेको गाउँपालिका अपिहिमाल गाउँपालिका शिक्षा शाखाका प्राविधिक साहयक मदनराज जोशीले बताउनुभयो ।
अपि हिमाल गाउँपालिकामा गएको मंसिर २७ गते देखि पालिकाभरी रहेका २२ वटै सामुदायिक विद्यालयलहरुमा अर्धबार्षिक परीक्षा सञ्चालनमा रहेका छन ।
अनुगमनमा गाउँपालिका प्राविधिक साहयक मदनराज जोशी, दिवाखाजा कार्यक्रमका पालिका संयोजक हेमराज जोशी, करविर सिह बोहरा, सम्बन्धीत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षकहरुले सहभागिता रहेको बताइएको छ ।
परीक्षालाई बोझको रूपमा नलिई परीक्षा मर्यादित भएको खण्डमा विद्यार्थीहरुमा अध्ययन गर्ने वातावरणको सिर्जना हुने भएकोले शैक्षिक सुधारका लागि पालिकास्तरबाट अहिले अनुगमन भइरहेको प्राविधिक साहयक मदनराज जोशीले बताउनुभयो । विद्यालयमा सञ्चालित परीक्षाको अनुगमन गर्दै उहाँले सबै विद्यालयमा मर्यादितरुपमा शान्तिपूर्वक परीक्षा भइरहेको दाबी गर्नुभयो । पुष ६ गतेसम्म सञ्चालन हुने परीक्षा विहान ११ बजेदेखि शुरु भइरहेको अपिहिमाल गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया