पिएम कप क्रिकेट सुदूरपश्चिम  छनाैट: दार्चुला र डाेटी भिड्दै

विनाेद सिंह विष्ट । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा आज दार्चुला र डाेटी भिड्दैछन्। दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा दार्चुलाले टस जितेर ब्याटिङ गरिरहेकाे छ।

पहिलाे खेलमा डडेल्धुरासंग २ विकेटले हारेकाे दार्चुलालाई आजकाे खेल जित्नैपर्ने दबाब छ। पहिलाे खेल खेलिरहेकाे डाेटी सुखद शुरूवात गर्न चाहन्छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजनामा प्रतियोगिता सञ्चालन भएकाे हाे।

प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ। पहिलाे चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दाेस्राे चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।

प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डाेटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर र अछाम सहभागी छन् ।

गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।

प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताउनुभयो ।

ईलिट च्याम्पियनसिपकाे उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीबीच खेल हुनेछ।

खेलाडीहरूकाे क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपकाे आयाेजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?