दार्चुला । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई हराउँदै विजयी सुुरुवात गरेको छ ।
सोमबार घरेलु टोली लुम्बिनीलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।
दोस्रो खेल खेलेको लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई चार विकेटले हराएको थियो ।
भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको १५९ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ५ विकेट गुमाएर २९.३ ओभरमा भेट्टायो ।
सुदूरपश्चिमलाई जिताउन नारायण जोशीले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङमा सर्वाधिक ३ विकेट लिए भने ब्याटिङमा २८ रनमा अविजित रहे ।
जोशीसँग छैटौ विकेटका लाग नट आउट ४९ रनको साझेदारी गरेका शेर मल्ल ४२ रनमा अविजित रहे ।
ओपनरद्वय खडक बोहरा र टेक रावतले क्रमशः २१ र १८ रन बनाए । नरेन भट्ट १२, किरण ठगुन्नाले १६ रन बनाए ।
लुम्बिनीका लागि अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए । कृष्ण कार्की र अजय चौधरीले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ४२ रन बनाए ।
उनले ६८ बलमा ४ चौका प्रहार गरेका हुन् । ओपनर विराट भण्डारीले २३ रन बनाए । मिर्नाल गुरुङले १४, मोहम्मद हसन २६, दिलसाद अली १० र कृष्ण कार्कीले १२ रन बनाए ।
सुदूरपश्चिमका लागि जोशीले ३ विकेट लिएका थिए भने भोजराज भट्ट र नरेन साउदले २/२ विकेट लिए । मिलन बोहराले १ विकेट लिए ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया