दार्चुला । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ।
त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो।
ट्रान्सक्रिप्ट, प्रोविजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अब अनलाइनबाटै लिन सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। यसबारे विस्तृत जानकारी माघ १० गते www.tuexam.edu.np मा प्रविष्ट गरिने कार्यालयले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया