दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी परगैरा बस्नुहुने अन्दाजी ३५ वर्षीया थुचा धामी भिरबाट लडेर ज्यान गएको अवस्थामा भेटिएको नौगाड ४ का वडाअध्यक्ष कृष्ण धामीलाई उद्धित गर्दै लोकदर्पण समाचारदाता नरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
घटना आज विहानको भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया