दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलामा कार्यालय प्रमुखको जिम्मेवारी बिरेन्द्र भट्टलाई दिइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख रमेश कुवरको कैलाली सरूवा भएपछि यसअघि खोप सुपरभाइजर रहनुभएका बिरेन्द्र भट्ट कार्यालय प्रमुख नियुक्त हुनुभएको हो । कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि भट्टले पदभार ग्रहण गर्नुभएको छ ।
जनस्वास्थ्यकर्मी भट्टसंग लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




