दार्चुलाको दुहुँमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । शुक्रबार (आज) एक कार्यक्रमका बिच दुहुँ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित जनविकास मावि बारबाँजमा गाउँपालिका स्तरीय प्रतियोगिता उद्घाटन भएको हो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सुरू भएको प्रतियोगिताको उद्घाटन सत्रमा दुहुँ गाउँपालिकाको सामाजिक विकास समिति प्रमुख एवम् वडा नम्बर ३ का वडाअध्यक्ष देवबहादुर बमको अध्यक्षता र गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्थानीय अभिभावक र प्रशिक्षक लगायतको उपस्थिति रहेको प्रतियोगितामा दुहुँ भित्रका ५ वटा माद्यामिक विद्यालयको सहभागीता रहेको शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले बताउनुभयो ।

अहिलेसम्म व्याँस, अपिहिमाल, नौगाड र मार्मा गरि दार्चुलाका चार स्थानीय तहमा स्थानीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ । दुहुँ र शैल्यशिखरमा जारी छ । महाकाली, मालिकार्जुन र लेकममा सुरू हुन बाकी रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?