पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती दार्चुलामा पनि मनाइयो

दार्चुला । पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी दार्चुलासहित देशभर मनाइएको छ । वि.सं.१७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष आजको दिन पृथ्वी जयन्ती मनाइन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा ठूलो योगदान पुर्याउनुभएको थियो । वि.सं.१७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गर्नुभएको थियो ।

नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो । उहाँका दिव्योपदेश अहिले पनि उतिकै सान्दर्भिक छन् ।

पृथ्वीनारायण शाहको योगदानको सम्मान तथा स्मरण गर्दै दार्चुलामा राप्रपा लगायत राजावादी दलहरूले प्रभातफेरी, जुलुस र सभाको आयोजना गरि पृथ्वीजयन्ती मनाएका हुन् । दार्चुलाका राप्रपा नेताहरूले रिङनतालस्थित पृथ्वी चोकमा माल्यार्पण गरि खुलामञ्चमा डेउडा र शुभकामना मन्तव्यको आयोजना गरेर दिवस मनाइएको बताएका छन् । 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?