दार्चुलाको लटिनाथ क्याम्पस मार्मालाई आंगिक क्याम्पस बनाउन माग

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यायको आंगिक क्याम्पस बनाउन माग गर्दै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र शिक्षा मन्त्री विद्या भट्टराइलाई ज्ञापन पत्र बुझाइएको छ ।

जिल्लाको मार्मा गाउँपालिका, अप्पिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकालाई विशेष सेवाक्षेत्र बनाएको मार्मा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित जनस्तरबाट संचालित लटिनाथ क्याम्पस मार्मा, दार्चुलालाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गर्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, उपाध्यक्ष शर्मिला सिंह, मार्माका स्थानिय नेताहरु सहित क्याम्पस सञ्चालक समिति तथा सर्वपक्षिय प्रतिनिधि तर्फबाट पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र जिल्लाका शिर्ष नेताहरु सहितको टोलीले  शिक्षा मन्त्री भट्टराइलाई भेटेर ज्ञापन पत्र बुझाउनुभएको हो ।

दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडू,  नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गणेश सिंह ठगुन्ना, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खगराज भट्ट लगायतका नेताहरुको टोलीले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र शिक्षा मन्त्री विद्या भट्टराइलाई भेटेर आंगिक क्याम्पस बनाउन माग गर्दै ज्ञापन पत्र बुझाउनु भएको छ ।

जिल्लाको दुर्गम क्षेत्रमा जन स्तरबाट सञ्चालन भइरहेको क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन जिल्लाका नेताहरुले सक्रियता देखाएका छन ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?