दार्चुला । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको रिक्त व्यवस्थापन विज्ञ सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कैलालीका हिरा बोहरा सिफारिस हुनुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-८ घर भएका जोशी र कैलालीका बोहरा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत सिफारिस हुनुभएको हो । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको रिक्त व्यवस्थापन विज्ञ सदस्य पदमा बढी अंक प्राप्त गरेका दुबै जनालाई मनोनयनका लागि सिफारिस गरिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ । 
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया