दार्चुला । अछाममा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।

बाख्रा चराउन गएका ढकारी गाउँपालिका–८ पल्साता बस्ने १३ बर्षीया सरस्वती खड्का र १५ वर्षीया ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो। मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उहाँले बतानुभयो । प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रवार गाईवस्तु चराउन सँगै जंगल गएका थिए ।

साँझसम्म उनीहरु घर नफर्केपछि खोजी गर्दै जाँदा शनिबार दुवै जना मृत फेला परेका हुन् । किशोरीका परिवारले खोजी गर्ने क्रममा स्थानीय षोडशा सामुदायिक वनमा शनिवार साँझ ६ बजेपछि उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी पुगिसकेको र आज बिहानैदेखि घटनाको अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?