खरकडा स्वास्थ्य चौकीलाई वडा कार्यालयद्धारा साम्रगी हस्तान्तरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ ले खरकडा स्वास्थ्य चौकी लाइ विभिन्न साम्रगी हस्तान्तरण गरेको छ ।

वडा कार्यालयको आर्थिक वर्ष २०८१।८२ को १ लाख वार्षीक स्वीकृत बजेट अनुसार खरकडा स्वास्थ्य चौकीमा कार्यरत नौँ वटा स्वास्थ्य स्वयमसेविका र दुई  जना कार्यालय सहयोगीहरुलाई झोला, कार्यालयलाई एउटा स्टिल दराज, दुईवटा विछ्याउने बेड, दश वटा कुर्सी,हिटर, पाँच सय लिटरको पानी डम र एउटा टर्च लाईट लगायतका साम्रगी हस्तान्तरण गरिएको वडा अध्यक्ष महेन्द्र राज जोशीले जानकारी दिनुभयो ।

खरकडा स्वास्थ्य चौकीका निमित्त प्रमुख विपिन जोशी, कर्मचारी लगायतको उपस्थितिमा वडा अध्यक्ष जोशीले उक्त साम्रगी हस्तान्तरण गर्नुभएको हो ।स्वास्थ्य चौकीलाई आवश्यक साम्रगी हस्तान्तरण गरेकोमा स्वास्थ्यकर्मीहरुले वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?