दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ मा अवस्थित बद्रीनाथ माध्यमिक विद्यालयको बोहरीगाउँको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रघुवीर जोशीको अध्यक्षता रहेको कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उप–प्रमुख शान्ती खडायत, वडा नम्बर ७ का वडा अध्यक्ष पुष्पराज जोशी, प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्ट, शिक्षा शाखा प्रमुख बल्देब भट्ट, योजना शाखा प्रमुख बिष्णु दत्त जोशी विभिन्न विद्यालयका प्रध्यानाध्यापक, शिक्षक विद्यार्थी, अभिभावक एंव शिक्षाप्रेमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुर्णराज जोशीले विद्यालयको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार विद्यालयको कुल आय ८३ लाख ९५ हजार १ सय ९१ रुपैयाँ रहेको छ, भने सोहि अवधिमा ७९ लाख ७५ हजार ७ सय ६९ रुपैयाँ खर्च भएको छ। हाल विद्यालय संग ३ लाख ९९ हजार ४ सय २२ रुपैयाँ बचत रहेको छ ।





प्रतिक्रिया