बैतडीको सुर्नयामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीको सुनर्या गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

गाउँपालिका वडा नम्बर ४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको हो । आइतबार आज दिउसो घाँस काट्ने क्रममा वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु भएको सुर्नया गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर ४ का वडा अध्यक्ष प्रताप सिंह महराले जानकारी दिनुभयो ।

मृतक महराका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्, भने घरमा ८ महिने छोरा छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?