दार्चुला । अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला समिति दार्चुलाद्वारा लेकमको हुनैनाथ माध्यमिक विद्यालय रातामाटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला अध्यक्ष नरेश सीको अध्यक्षता रहेको कार्यक्रममा हुनैनाथ माध्यमिक विद्यालय रातामाटाका शिक्षक दुर्गादत्त पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
“सामाजिक समस्या र समाधानका लागि स्थानीय सरकारको भूमिका“ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा ऐडिबाग माध्यमिक विद्यालय मौखोलीकी छात्रा हेमाद्री जोशी प्रथम हुनुभएको छ ।
त्यस्तै प्रतियोगितामा हुनैनाथ माध्यमिक विद्यालय रातामाटाका अनुष जोशी द्धितीय र हुनैनाथ माध्यमिक विद्यालय कुणीका दिनेश जोशीले तृतीय स्थान पाप्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) जिल्ला इन्चार्ज भुवन जोशीले कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा युनियनले अझ थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।





प्रतिक्रिया