दार्चुलाको दुहुँ गाउँपालिकाले सामुदायिक स्कुलका शिक्षकको तलब मासिक भुक्तानी गर्ने

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई मासिकरुपमा तलब भुक्तानी गर्ने निर्णय गरेको छ । दुहुँ गाउँकार्यपालिकाको गत माघ २७ गते बसेको बैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुलाई मासिक रुपमा तलब खुवाउने निर्णय गरेको थियो । विगत लामो समयदेखि शिक्षकहरुले मासिकरुपमा तलब भत्ता उपलब्ध गराउन गाउँपालिकालाई अनुरोध गरेकोमा कार्यपालिका बैठकमा छलफल गरि निर्णय गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले बताउनुभयो ।

गाउँपालिकाको आन्तरिक स्रोत सुनिश्चित भए वा केन्द्र सरकारको सशर्त अनुदानको बजेट समयमै निकासा भए आर्थिक वर्षको पहिलो त्रैमासिक भन्दा बाहेक सबै महिनामा मासिक रुपमा तलब निकासा गर्न सकिने पालिकाका लेखा प्रमुख गणेश दत्त भट्टले बताउनुभयो ।  विद्यालयहरुले अघिल्लो महिनाको माग फारम र हाजिरी प्रमाणित गरि हरेक महिनाको २ गते शिक्षा शाखामा पेश गर्नुपर्ने, शिक्षा शाखाले हरेक महिनाको ५ गते तलब तेरिज निर्माण गरि लेखा शाखामा पेश गर्नुपर्ने र लेखा शाखाले ७ गते विद्यालयको खातामा तलब निकासा गर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।

दुहुँ गाउँपालिकाको मासिक रुपमा तलब खुवाउने निर्णयलाई शिक्षकहरुले स्वागत गरेका छन । लामो समय देखिको शिक्षकहरुको मागलाई स्थानीय सरकारले सम्बोधन गरेकोमा खुशी भएको पिपलचौरी माध्यमिक विद्यालय बिणका प्रधानाध्यापक राजेन्द्र सिह बोहराले भताउनुभयो । गाउँपालिकाले माघ महिना देखिको तलब शिक्षकहरुलाई मासिकरुपमा उपलब्ध गराउने शिक्षा शाखा प्रमुख बमले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?