दार्चुलाको पशुपती शिक्षा मन्दिर पूर्व विद्यार्थी समिति अध्यक्षमा कृष्ण धामी

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा अवस्थित पशुपती शिक्षा मन्दिरमा पूर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।

पशुपती शिक्षा मन्दिरका प्रधानाध्यापक प्रेम सिह खातीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सचिव भुवनेश्वर अवस्थीको प्रमुख आतिथ्यता रहेको थियो ।

बुधवार सम्पन्न भेलाले दार्चुला बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष एंव पूर्व विद्यार्थी कृष्ण धामीको नेतृत्वमा समिति चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा सुरज जोशी र तनिशा निरौला, सचिवमा नविन जोशी, कोषाध्यक्षमा संजय जोशी सहित ९ सदस्यीय समिति चयन गरिएको छ ।

नव निर्वाचित पूर्व विद्यार्थी समितिले विद्यालयको पठनपाठन, विद्यार्थी भर्ना, कुनैपनी पूर्व विद्यार्थी तथा हाल अध्ययन गरिरहेका विद्यार्थीको जन्मदिनको अवसरमा भोजभतेर गर्नु भन्दा विद्यालयको कोषमा जम्मा गर्न समेत अनुरोध गरिएको अध्यक्ष कृष्ण धामीले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?