दार्चुला । दार्चुलामा शिक्षक महासंघमा आबद्ध शिक्षक कर्मचारीहरुको जिल्ला भेला सम्पन्न भएको छ ।
शुक्रवार जिल्ला सदरमुकाम खंलगामा महासंघमा आबद्ध शिक्षकहरुको भेला शिक्षक संघका अध्यक्ष गणेश अवस्थीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाबाट नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यक्रम अनुसार महासंघमा आवद्ध शिक्षक संघसंगठनका प्रतिनिधिहरुले शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उक्त पत्रमा यो भन्दा पहिला महासंघसंग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग उल्लेख गरिएको छ । यस्तै नयाँ विद्यालय शिक्षा ऐनमा शिक्षकहरुको तर्फबाट विभिन्न मागहरु राखिएको नेपाल शिक्षक संगठन सह सयोजक कल्यान सिंह धामीले जानकारी दिनुभयो ।
यसैबीच दार्चुलामा शिक्षक संघसंगठनहरुले आन्दोलन परिचालन समिति गठन गरेका छन् । शिक्षक महासंघको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गर्न आन्दोलन परिचालन समिति गठन गरिएको हो । नेपाल शिक्षक संघ दार्चुलाका अध्यक्ष गणेश अवस्थीको अयोजकत्वमा २१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको सह सयोजक धामीले जानकारी दिनुभयो ।





प्रतिक्रिया