दार्चुला । दार्चुलामा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ मा सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिवार उद्घाटन भएको हो ।
जिल्ला खेलकुद समिति अध्यक्ष मान सिंह बुढाथोकीको अध्यक्षता एंव प्रतिनिधिसभा सदस्य एव पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख अतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ।

त्यस्तै उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य दिपक बहादुर सिंह, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, प्रदेशसभा सदस्य मानबहादुर धामी र विक्रम सिंह धामी, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य जगत धामी, को पनि आतिथ्यता रहेको छ ।

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू, स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, स्थानीय तहका उप प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु विभिन्न विद्यालयका शिक्षक, खेलाडी लगायत खेल प्रेमीहरुको सहभागिता रहेको छ। आज उद्घाटन भएको प्रतियोगिता यहि फागुन १४ गते सम्म सञ्चालन हुने छ।
प्रतियोगिताको उद्धघाटन शत्रमा मार्मा गाउँपालिका वडा नम्बर १ र ५ को मैलिक सास्कृतिक झाकी प्रस्तुत गरेका छन् । प्रतियोगितामा जिल्लाका नौँ वटै स्थानीय तहका टिमहरुले मार्चपास प्रद्धशनी गरेका छन् ।






प्रतिक्रिया