दार्चुला । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दार्चुलाले ३८ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
शनिवार (हिजो) जिल्ला सदरमुकाम खंलगामा शाखा प्रमुख प्रेम सिंह धामीको अध्यक्षता एंव महेन्द्र नमुना माध्यमिक विद्यालय खंलगाका प्रध्यानाध्यापक दामोदर जोशीको प्रमुख आतिथ्यतामा ३८ औँ वार्षिकोत्सव समारोह मनाइएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दार्चुलाका अभिकर्ता गोविन्द सिंह धामीले जानकारी दिनुभयो ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा महाकाली नगरपालिका वडा नम्बर ४ मा अवस्थित महेन्द्र नमुना माध्यमिक विद्यालय खंलगाको छात्रवासमा रहेको ३० जना विद्यार्थीहरुलाई दिवा खाजा खुवाइएको अभिकर्ता धामीले बताउनुभयो ।





प्रतिक्रिया