प्रेस चौतारी सुदूरपश्चिमको अधिवेशन सम्पन्न, नरेन्द्र कार्कीको अध्यक्षतामा समिति चयन

दार्चुला । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल सुदूरपश्चिमको अधिवेशनबाट नरेन्द्र सिंह कार्कीको नेतृत्वमा सहमतिमै नयाँ समिति चयन गरिएको हो ।

अधिवेशनबाट अध्यक्षमा नरेन्द्र सिंह कार्की, खुला उपाध्यक्षमा मीन ठकुरी, महिला उपाध्यक्षमा कल्पना बोहरा, महासचिवमा भानुभक्त आचार्य, कोषाध्यक्षमा लक्ष्मण दत्त पन्त, सचिवहरुमा लोकेन्द्रबहादुर ओझा, अमरराज भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना, मदन विक र गीता चौधरी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा विरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह बिष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बि.क, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क. र वेदप्रकाश ओली निर्वाचित हुनुभएको हो ।

दार्चुलाको अपिहिमाल गाउँपालिका-२ घुसा घर भएका प्रेस चौतारी नेपाल सुदूरपश्चिमका नवनिर्वाचित अध्यक्ष कार्की लामो समयदेखि पत्रकारिता पेसामा क्रियाशील हुनुहुन्छ । सुदूरपश्चिममा प्रेस चौतारीको विकास, विस्तार र पत्रकारको पेशागत हक, हित र सुरक्षाका लागि नवनिर्वाचित समितिले काम गर्ने अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित समितिको पदभार ग्रहण पछि पहिलो बैठक धनगढीमा बसेको छ । समितिले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?