नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाद्वारा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

दार्चुला । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दार्चुलाले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संगठनले जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ स्थित हरिनाथ आधारभूत विद्यालय डाँडालाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिती दार्चुलाका अध्यक्ष जनक सिंह बोहराले सोमवार (आज) एक कार्यक्रमका बीच विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हरिनाथ आधारभूत विद्यालय डाँडाका प्रधानाध्यापक धनी दत्त भट्टले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई २० थान कापी, ३० थान कलम, १० थान डायरी, ४ थान रजिस्टर, १२ थान रेकर्ड फाइल, एक थान ब्यानर र ६ थान क्लियर ब्याग, वितरण गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाका अध्यक्ष जनक सिंह बोहराले बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष जनक सिंह बोहराको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर पालको प्रमुख आतिथ्यता रहेको थियो । पूर्व विद्यार्थीसमेत रहेका बोहराकोे संगठनले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेकोमा विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?