हुनैनाथ आवि सिरोडामा अभिभावक भेला तथा सम्मान कार्यक्रम

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ मा अवस्थित हुनैनाथ आधारभूत विद्यालय सिरोडामा अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार सिंह खत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य चन्चल सिंह खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो । अभिभावक भेलामा विद्यालयका प्रध्यानाध्यापक गजेन्द्र राज मिश्रले विद्यालयको आयव्यय बिबरण प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार हुनैनाथ आधारभूत विद्यालय सिरोडाको कुल आय १३ लाख १४ हजार २७० रुपैयाँ रहेको छ । त्यस्तै व्ययतर्फ ११ लाख २४ हजार ५२४ रुपैयाँ रहेको छ भने हाल विद्यालयको खातामा १ लाख ८९ हजार ६९३ रुपैयाँ मैज्जाद रहेको उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा विद्यालयको स्थापना काल देखी हालसम्म सहयोग गर्ने सविर सिंह खत्री, गोवी सिंह खत्री, गणेश खत्री, घुर सिंह खत्री, इन्द्र सिंह खत्री, भकत सिंह खत्री, केशर सिंह खत्री, गजी खत्री, भुरे खत्री र छेपरी खत्रीसहित नौँ जनालाई दोसल्ला र प्रमाणपत्रद्धारा सम्मानित गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?