दार्चुला । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ झर्नासागर (लक्ष्मी टोल) का किसान गणेशदत्त भट्टका जेठा छोरा पदमराज भट्ट सुदूरपश्चिम विश्वविद्यालयका टपर विद्यार्थी बनेका छन्। आइतबार पाँचौँ दीक्षान्त समारोहमा भट्टलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले चान्सलर पदक पुरस्कारस्वरुप दिनुभयो । शैक्षिक वर्ष ०७९ मा भट्टले शिक्षाशास्त्र अन्तर्गत केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा ३.४० सिजिपिए ल्याएर प्रथम हुनुभएको हो ।

बाल विकासदेखि ५ सम्म गाउँकै सिद्धनाथ आधारभूत विद्यालय अध्ययन गरेर ६–८ सरस्वती मावि, ९–१२ रौलेश्वर र त्यसपछि सुपवि केन्द्रीय क्याम्पसमा स्नातक र स्नाकोत्तर अध्ययन गर्नुभएको थियो । भट्ट हाल सरस्वति माविमा कार्यरत हुनुहुन्छ । कक्षा १२ उत्र्तिण गरेपछि रोजगारीको सिलसिलामा भारत गएका भट्टले फेरी उच्च शिक्षा अध्ययन गर्ने निधो गर्नुभएको थियो । उहाँले आफ्नो सफलतामा घर परिवारदेखि विद्यालय, समाज आफ्नै मिहिनेत भएको बताउनुभयो ।

यस्तै भाईस चान्सलर स्कुल अफ एग्रिकल्चर पदक भने टीकापुरकी कुसुम तिम्लिसिनाले पाउनुभएको छ । उहाँले स्नातक तहमा ३.९३ जिपिएर ल्याउनुभएको छ । यस्तै स्वर्ण पदक पाउनेमा कैलाली बहुमुखी क्याम्पसका उमेशकुमार विष्ट, कैलाली बहुमुखी क्याम्पसकै गंगादत्त जोशी, दार्चुला बहुमुखी क्याम्पसकी चाँदनी कुँवर, केन्द्रीय क्याम्पसका नवराज पन्त, दिपेन्द्र प्रशाद पाण्डेय, देवेन्द्र सिह ठगुन्ना, श्रव्यराज पण्डित रहेका छन्। दार्चुला बहुमुखी क्याम्पसमा मानविकी तथा सामाजशास्त्र संकायबाट स्नातक तह उत्तिर्ण गरेकी कुवँरले स्वर्ण पदक पाएपछि क्याम्पसले बधाई ज्ञापन गरेको छ ।

यसपटक एक हजार ३७७ विद्यार्थी दीक्षित भए पनि ३७१ मात्रै सहभागी भएका थिए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलति प्राडा हेमराज पन्तले विश्वविद्यालय १४औँ वर्षमा प्रवेश गर्दा नौ संकाय सञ्चालन भइरहेको बताउनुभयो। आगामी दिनमा आविष्कार केन्द्रमार्फत थप शैक्षिक गुणस्तर वृद्धि गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?