बाजुरामा भिरमा अड्किएका ८ जनाको उद्धार

दार्चुला । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको कर्णाली नदी पारिको भिरमा अड्किएका ८ जनाको सकुशल उद्धार गरिएको छ।

गत आइतवार उनीहरू स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर २ फयालगाउँका पुसे भण्डारीको खोजी गर्नका लागि कर्णाली नदी पारीको भिरमा जाने बेला अड्किएका थिए। आज बिहान करिब ११ बजेतिर प्रहरी र स्थानीयहरूले कर्णाली पारीको भिरमा अड्किएका आठ जनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताउनुभयो ।

मृतक भण्डारीको शब पनि त्यहाँ देखि निकालेर मृतकको आफन्तको जिम्मा दिएको प्रहरीले जनाएको छ। उनकै खोजीका लागि गएका भिरमा अड्किएका अन्य आठ जनालाई पनि डुङ्गाको साहाराले सकुशल उद्धार गरिएको निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?