दार्चुला । बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ५ दोलीमा अन्दाजी ४० बर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी बलराम पाण्डेयले जानकारी दिनुभयो ।
महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडक छेउमा शनिवार (आज) बिहान ८ बजेतिर शव फेला परेको उहाँले बताउनुभयो । शबलाई अहिले पोष्टमाष्टमको लागि जिल्ला अस्पताल बैतडी लगिएको बताइएको छ ।





प्रतिक्रिया