दार्चुला । दार्चुलामा चालु आर्थिक वर्षको हालसम्म १२ वटा अगलागीका घटना घटेका छन् ।
जिल्लाका नौँ वटै स्थानीय तहमा गरी चालु आर्थिक वर्षको हालसम्म आगलागीका १२ वटा घटना घटेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभरी आगलागीका घटनाबाट ३० लाख बढीको क्षती भएको छ ।
सोही घटनाहरुबाट १३ वटा चौपायाहरु मरेका छन् भने ६ वटा घरमा आसिंक तथा १ घर पुर्णतया जलेर नष्ट भएको छ । त्यस्तै आगलागीको घटनामा परी एक जना घाईते भएको तंथ्याकमा उल्लेख छ । जिल्लामा असार महिनामा १ कार्तिक महिनामा १ मंसिर महिनामा २ वटा आगलागीका घटना घटेका छन् ।
त्यस्तै पुष महिनामा ३ माघ महिनामा २ र फाल्गुनमा ३ गरी जम्मा १२ वटा आगलागीका घटना घटेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया