दार्चुला । दार्चुलाको चमेलिया जलविद्युत केन्द्र अन्तरगत बलाँच सबस्टेशनको १३२–३३ केभिए ट्रान्सर्फमरमा समस्या देखिए पछि आइतबार (हिजो) दिउँसोदेखि अबरुद्ध भएको विद्युत अहिले सम्म सञ्चालन हुन सकेको छैन।
आइतवार दिउँसो बाट बलाच सबस्टेशनको ट्रान्सर्फमरमा समस्या देखिएपछि जिल्लाभरी विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले जानकारी दिनुभयो ।
बिजुली नआउदा दैनिकी कामकाज प्रभावित भएको र अन्धकारमा बस्नुपरेको सेवाग्राहीको गुनासो छ । विद्युत अवरुद्ध हुँदा उज्यालो बाल्न, मोबाइल चार्ज गर्न, खाना पकाउन, विद्युतबाट चल्ने मेसिनहरु चलाउन नपाइएको स्थानीयहरुले बताएका छन ।
हिजो बेलुका देखि नै डडेल्धुरा बैतडीको ३३ केभिए लाईनमार्फत बैकल्पिक विद्युत सेवा सूचारु गर्न खोजे पनि गोठालापानी देखि गोकुलेश्वर सम्मको लाइनमा फल्ट देखिए पछि अहिले सम्म विद्युत सञ्चालन गर्न नसकिएको प्रधिकरण प्रमुख सापकोटाले बताउनुभयो ।
अहिले लाइन फल्ट भएको ठाउँ पत्ता लगाउन कर्मचारी परिचालन गरेर खोजी भइरहेको उहाँले बताउनुभयो । त्यस्तै बलाँच ट्रान्र्फमरमा देखिएको समस्या समाधानको लागि पनि प्रयास भइरहेको उहाँले बताउनुभयो । हिजो देखि विद्युत अबरुद्ध हुँदा जिल्लाबाँसी समस्यामा परेका छन । मोबाइल चार्ज गर्न देखि लिएर विद्युत नहुँदा समस्या भएको स्थानीयहरुले बताएका छन।





प्रतिक्रिया