दार्चुलामा विद्यालय दिवा खाजा कार्यक्रमको स्थानीय तहमा गरिने क्रियाकलाप तर्जुमा गोष्ठी सम्पन्न

दार्चुला । दार्चुलामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

सप्रोस नेपाल दार्चुलाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा  दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालको अध्यक्षता रहेको थियो । कार्यक्रममा  स्थानीय तहका उपाध्यक्ष, एंव प्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृतहरु, कृषि र शिक्षा शाखा प्रमुखहरु लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा गत वर्षको स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमको समिक्षा गर्नुका साथै प्रमुख उपलब्धी र समस्याका बारेमा रिर्पोटिङ गरिएको सप्रोस नेपाल दार्चुलाका फिल्ड प्राविधिक अधिकृत प्रतिक अवस्थीले जानकारी दिनुभयो ।

त्यस्तै अगामी कार्यक्रमहरु प्रभावकारी बनाउने स्थानीय तहहरुसंग समन्वयात्मक हिसाबले सम्झैता गरेर अगाडी बढने लगायतका बिषयहरुमा छलफल गरिएको उहाँले बताउनुभयो ।

दार्चुलाका ३३९ विद्यालयका २५ हजार ७ सय ५४ जना विद्यार्थी दिवा खाजा कार्यक्रमबाट लाभाम्वित भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?