दार्चुला । दार्चुलामा शैक्षिक सत्र २०८२ को लागी पाठ्यपुस्तक जिल्ला आइपुगेका छन् ।
जिल्लामा रहेका विद्यार्थी संख्या अनुसार पाठ्यपुस्तक माग गरिएको र अहिले जिल्लामा पाठ्यपुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख जय राज पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार दार्चुलामा नयाँ शैक्षिक सत्रको लागी ९५ हजार चार सय ६ थान पुस्तक जिल्ला आइपुगेको बताइएको छ । यदपी पुस्तक बितरणको काम भर्ना अवधिसम्म भइरहने बताइएको छ ।
त्यस्तै विद्यार्थी भर्नाको लागी सोमवार (भोली ) स्थानीय तहहरुसंग छलफल गरी सूचना प्रकाशन गरिने उहाँले बताउनुभएको छ । बैशाख २ गतेबाट साताव्यापी विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने बताइएको छ ।
दार्चुलाका ३ सय ३३ वटा सामुदायिक विद्यालय मध्ये आधारभूत तहमा २१ हजार ३ सय ४० र माध्यमिक तहमा ५ हजार २ सय ७५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएकै दिनदेखि जिल्लाका ३२ हजारभन्दा बढी विद्यार्थीको हात-हातमा पाठ्यपुस्तक हुने शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले बताउनुभएको छ ।





प्रतिक्रिया