दार्चुला । रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा। केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका छन् । प्रहरीले उनको खोजी गरिररहेको छ ।

आफूले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्न लागेको भन्दै उनले फेसबुकमा सुसाइड नोट लेखेका हुन् । उनको खोजीमा काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन भएका छन् । तर, अहिलेसम्म केही पनि पत्तो लागेको छैन । श्रेष्ठको फोनमा सम्पर्क हुन नसकेको र उनकी पत्नीको फोन पनि नउठेको प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार श्रेष्ठको मोबाइल अफ भए पनि ‘ह्वाट्स अप’ अन रहेको छ । अहिले पनि उनको मोबाइल लोकेसन गोपिकृष्ण हल आसपासमै देखिएको स्रोतले जनाएको छ ।

गोपिकृष्ण पछाडि उनको ससुराली घर भएको पनि बुझिएको छ । ससुराली घरलाई नै लक्षित गर्दै प्रहरीले खोजतलास गरेको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?