दार्चुला । डोटीको सेती नदीमा एक पुरुषको शव फेला परेको छ।
जिल्लाको के।आई।सिंह गाउँपालिका वडा नम्बर ३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा बेवारिसे पुरुषको शव फेला परेको हो। नाम, थर र बतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषको शव आइतवार फेला परेको प्रहरीले जनाएको छ ।
सेती नदीले पुरुषको शव बगाएर ल्याएको प्रहरीले बताएको छ। उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।




