बैतडीमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा सातै जना पाटन नगरपालिकाका रहेका छन ।

कोराना पुष्टि भएका ६ जना भारतबाट फर्केका छन् भने १ जना ट्राभल हिस्ट्री नभएका रहेका छन ।

यो संगै जिल्लामा संक्रमितको संख्या ४३५ पुगेको छ । कोरोना  पुष्टि भएका मध्ये २८ जना सक्रिय संक्रमित रहेका छन् भने १ जनाको मृत्यु भईसकेको छ । ४०६ जना भने कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?