कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

दार्चुला । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। सोमबार जंगली हात्तीको आक्रमणबाट बेलौरी नगरपालिका–३ बुटावारीका ७० वर्षीय श्रीप्रसाद आचार्यको मृत्यु भएको हो।

साइकल चढेर बुटावारीबाट ढक्का शिविरतर्फ आइरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सागर बोहराले बताउनुभयो।

बेलौरी नगरपालिका वडा नम्बर ५ बन्तरियास्थित बेलौरीबाट ढक्का शिविर जाने पक्की सडकखण्डमा साइकलसँगै आचार्यको शव फेला परेको हो। प्रहरी नायव उपरीक्षक बोहराका अनुसार खोजतलास गर्ने क्रममा पुष्पलाल स्मृति सामुदायिक बनमा आचार्यको शव भेटिएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?