कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

दार्चुला । कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–२ स्थित वाणीमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटना भएको हो।

पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा कृष्णपुरको बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दुर्घटनमा घाइते भएका उनलाई उपचारका लागि वाणी अस्पतालमा पुगाइएको थियो । उपचारकै क्रममा बोहराको मृत्यु भएको डीएसपी बाेहराले जानकारी दिए ।

बसमा सवार अन्य चार जना सकुसल छन् भने वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय बस चालक रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगर गइरहेको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?