कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

दार्चुला । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका(१४ बनकट्टी स्याउलेमा गयराति २ः४६ बजेको समयमा शुकल्लाफाँटा आरक्षबाट आएको हात्तीले सोही ठाउँ बस्ने नन्दलाल बिष्टको कच्चि घर भत्काउने क्रममा सोही घर भित्री सुतिरहेकी उनको श्रीमाती ४५ वर्षीया धना बिष्टको मृत्यु भएको हो।

बिष्ट घरबाट निस्की भाग्ने क्रममा हात्तीले कुल्चिएर गम्भिर घाइते भएकी थिइन्। उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ४ः४५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?