पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन

सप्तरी । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आइतबार निधन भएको छ ।

महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा. यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उहाँका भतिजा अजय यादवले जानकारी दिनुभयो ।

काठमाडौंमा बसोबास गर्दै आएका डा. यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उहाँ चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो ।

केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा. यादवको मस्तिष्काघातका कारण निधन भएको हो ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री बन्नुभएको थियो ।

यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उहाँ स्वास्थ्यमन्त्री बन्नुभएको थियो । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा. यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?