आइतबार थप दुई हजार नौ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४ हजार आठ सय ७५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय २६ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९२ हजार एक सय ६६ पुगेको छ ।

अब नेपालमा ३९ हजार तीन सय ४१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?